स्युचाटार, नागार्जुन-१० , काठमाडौँ दर्ता नम्बर : ९९५ | ०६३ | ०६४

निक्षेप योजनाहरु

सामाजिक बचत :

सामाजिक उद्देश्यका लागि नेपाल सरकारको स्वामित्वमा संचालित संघ संस्थाहरु, सामुदायिक बिद्यालय , क्लब , गुठी तथा समुहद्वारा संचालित उपभोक्ता समिति आदिले यो बचत खाता खोल्न सक्नेछ ।

चाडपर्ब बचत :

सदस्यहरुले आ-आफ्नो रितिरिवाज तथा परम्परा अनुसार मनाउदै आएका चाडपर्बहरु सहज रुपमा मनाउन सकून् भन्ने यस खाताको प्रमुख लक्ष्य रहेको छ ।

स्वस्थ उपचार बचत:

सदस्य तथा परिवारहरुको स्वास्थ्य उपचारमा सहजता ल्याउने उदेश्यले यस खाताको व्यवस्था गरिएको छ ।

गरगहना बचत :

सदस्यहरुको गरगहना लगाउने चाहना पूर्ति गर्नुका साथै उनीहरुको सम्पति बृद्धि होस् भन्ने अभिप्रायाले यस खाताको व्यवस्था गरिएको छ ।

आकस्मिक एवं आपतकालीन बचत:

घटना, दुर्घटनाबाट सदस्यहरुलाई पर्नसक्ने असरलाई न्यूनीकरण गर्न सकियोस भन्ने अभिप्रायले यस खाताको थालनी गरिएको छ ।

कारोबार बचत :

संस्थामा कारोबारमा रहेका सदस्यहरु खासगरी ऋणी सदस्यहरुले क्रमिक रुपमा ऋणको भार कम गराउदै जनका लागि यो बचत खाताको व्यवस्था गरिन लागिएको हो ।

कृषि उत्पादन बचत :

खास गरि न्युन आय भएका कृषकहरुले आफुलाई आवश्यक पर्ने मल, बिउबिजन लगायतका सामानहरु सहज रुपमा समयमै खरिद गर्न सकुन् भन्ने उदेश्यका साथ यो खाता व्यवस्था गरिन लागिएको हो ।

आन्तरिक पर्यटन बचत :

खाशगरी सदस्य तथा परिवारहरुले कम्तिमा पनि बर्षको एक पटक देश भित्र रहेका दर्शनीय एबं धार्मीक स्थलहरुको भ्रमणका लागि अभिप्रेरित गर्ने उद्देश्यका साथ यस खाताको थालनी गरिनेछ ।

पेन्सन बचत :

खाशगरी सदस्य तथा परिवारहरुले कम्तिमा पनि बर्षको एक पटक देश भित्र रहेका दर्शनीय एबं धार्मीक स्थलहरुको भ्रमणका लागि अभिप्रेरित गर्ने उद्देश्यका साथ यस खाताको थालनी गरिनेछ ।