❯❯❯ हाम्रोबारे ❮❮❮
सहकारी ऐन २०४८ अनुसार डिभिजन सहकारी कार्यालय, काठमाण्डौमा मिति २०६३।५।२० मा दर्ता भई सोही ऐन अनुसार यस संस्थाका सदस्यहरुवीचमा सञ्चालित सिमित दायित्व भएको यस स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि. को रजिष्टर्ड कार्यालय स्यूचाटार, काठमाण्डौमा रहेको छ । आ.व.०७४।७५ सम्ममा संस्थाको कार्यक्षेत्र काठमाण्डौ महानगरपालिकाको वडा नम्वर १३,१४ र १५ सहित साविक स्यूचाटार नयाँ नैकाप, पुरानो नैकाप, सितापाइला, सतुगंल, बलम्बु, दहचोक र तीनथाना गा.वि.स. रहेका छन् । उक्त गा.वि.स. हरु हाल चन्द्रागिरी र नार्गाजुन नगरपालिका अन्तर्गत पर्दछन् । सहकारिताको भावना अनुसार कार्य गर्ने अभिप्रायले आजभन्दा १४ बर्ष अघि अर्थात २०६३ आश्विन ७ गते केही सिमित सदस्यहरुको क्रियाशिलतामा यस स्यूचटार बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको हो ।
❯❯❯ हाम्रा मुख्य सेवाहरु ❮❮❮
हामी हाम्रा सदस्यहरूको आर्थिक आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न निक्षेप र ऋण योजनाहरू प्रदान गर्दछौं ।
निक्षेप योजना
हामीसँग विभिन्न प्रकारका बचत खाताहरू उपलब्ध छन्, जसमा आकर्षक ब्याज दर र पूर्ण सुरक्षाको ग्यारेन्टी छ।
- साधारण बचत
- मुद्धती निक्षेप
- बाल बचत योजना
ऋ०ा सुविधाहरु
तपाईको व्यवसाय विस्तार वा व्यक्तिगत आवश्यकताका लागि हामी सुलभ दरमा ऋण सेवा प्रदान गर्दछौं ।
- व्यापारिक ऋण
- घर-जग्गा ऋण
- कृषि ऋण
❯❯❯ सामुदायिक गतिविधिहरु ❮❮❮

रक्तदान जीवन दान

रक्तदान कार्यक्रम
